शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ राजनीतिक परिस्थितिमा नियमित महाधिवेशन नै उचित उपाय हो : पोखरेल

बुधबार, १९ कात्तिक २०८२, १७ : ००
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • गोविन्दराज पोखरेलले पार्टीको गतिरोध अन्त्यका लागि नियमित महाधिवेशन उचित रहेको बताए।
  • उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै राजनीति र नैतिकताको समन्वय खोज्ने अवसर आएको बताए।
  • पोखरेलले जेनजी आन्दोलनले नयाँ राजनीतिक परिवेश सिर्जना गरेको र महाधिवेशन आवश्यक रहेको उल्लेख गरे।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले पार्टीमा उत्पन्न गतिरोध अन्त्य र नयाँ राजनीतिक परिस्थितिमा सशक्त उपस्थितिका लागि नियमित महाधिवेशन उचित उपाय भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै प्राडा पोखरेलले भने– ‘पार्टीमा नैतिक ऊर्जा महाधिवेशनबाटै उत्पन्न हुन्छ भन्ने मेरो विश्वास हो। बीपी कोइरालाले भनेझैँ राजनीति र नैतिकताको उपयुक्त समन्वय खोज्ने अवसर अहिले कांग्रेसमा आएको छ ।’

पोखरेलले कांग्रेसको १४ औँ महाधिवेशनको म्यान्डेट समाप्त भइसकेको र जेन–जेड आन्दोलनले नयाँ राजनीतिक परिवेश सिर्जना गरेकाले अब कांग्रेसले आफ्नो दृष्टि, नीति र नेतृत्व पुनर्संरचना गर्नुपर्ने बेला आएको बताए । 

पार्टीलाई फेरि दिशा र नैतिक ऊर्जा प्रदान गर्न नियमित महाधिवेशन आवश्यक भएको बताउँदै पोखरेलले कांग्रेस अहिले कठिन चौबाटोमा उभिएको बताए । देशभरका लोकतन्त्रवादी जनताले कांग्रेसबाट ठोस निर्णयको अपेक्षा गरिरहेका पोखरेलको भनाइ छ । 

पोखरेलले जेनजी आन्दोलनलाई नेपालको राजनीतिमा नयाँ राजनीतिक नक्सा कोर्ने घटनाभन्दै भने ‘जेनजी आन्दोलन नभएको भए न अहिले आम निर्वाचन हुने समय हुन्थ्यो, न कांग्रेसको १५औँ महाधिवेशन गर्ने तयारी अघि बढ्थ्यो। नयाँ राजनीतिक परिस्थिति र परिवेशमा कांग्रेसले नयाँ ढङ्गले आफूलाई प्रस्तुत गर्नुपर्छ। त्यसैले नियमित महाधिवेशनलाई स्मार्ट ढङ्गले सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा म छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप