ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिन्छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिने बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूसँग बुधबार देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले कला र सृजनालाई रोजगारसँग जोड्दै सांस्कृतिक क्षेत्रलाई आर्थिक अवसरको माध्यम बनाइने बताएका हुन ।
ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघदेखि चैत महिनाभित्र रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२ आयोजना गर्ने तयारी गरेको छ ।
‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा प्रदेशका दुर्गमदेखि सुगम क्षेत्रका कलाकारहरूलाई सहभागी गराइनेछ।
प्रतिष्ठानका अनुसार, प्रदर्शनीबाट छानिएका उत्कृष्ट कलाकृतिहरू राष्ट्रिय ललितकला प्रदर्शनी–२०८३ मा समावेश गरिने छन् ।साथै उत्कृष्ट कलाकारहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, विधागत पुरस्कार र नवप्रतिभा पुरस्कार प्रदान गरिनेछ ।
यस प्रदर्शनीबाट नेपाली कला र संस्कृतिको जगेर्ना, कलाकारबिच सहकार्य, रोजगारी सृजना र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको पहिचान विस्तार हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण