महेन्द्रनगर : राजा महेन्द्रले बसाएको व्यवस्थित सहर (तस्बिरहरू)
सारांश
- महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालामा योजनाबद्ध रूपमा स्थापित भएको थियो।
- राजा महेन्द्रले २०१४ सालमा महेन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेका थिए, पहाडबाट मानिसहरू यहाँ झरे।
- अतिक्रमणका कारण बजारको शोभा बिग्रिने भन्दै स्थानीय चिन्तित छन्।
कञ्चनपुर । अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरूमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र सहर हो ।
राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको स्थानीय जानकारहरू बताउँछन् । त्यसयता मानिसहरू पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए ।
_rLLqwo32U6.jpg)
राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ । पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो ।
_Gh2O2Vim8W.jpg)
हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ । गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ ।
_TD1fzMiEXc.jpg)
सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् । तस्बिरहरुः प्रकाश चन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_KH3drS2Uhk.jpg)
_kJRx446paB.jpg)
_n3MRvYCObQ.jpg)
_37MR9b9xCr.jpg)
_QzK6IzjxaN.jpg)
_H9LUccHLJH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण