कृषि विकास बैंकको लाभांश घोषणा
बिहीबार, २० कात्तिक २०८२, १० : ४०
सारांश
- कृषि विकास बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
- कुल लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश रहेको छ।
- बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाबाट पारित गर्ने जनाएको छ।
काठमाडौँ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यो लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९।७५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले हाल कायम भएको अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण