हेटौंडाको चुरे हिल अस्पतालमा डाक्टर कुटिए
सारांश
- हेटौंडाको चुरे हिल अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरे।
- बिरामीलाई रिफर गर्ने विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि हातपात भएको हो।
- घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ भने चिकित्सक संघले कारबाहीको लागि उजुरी दिने तयारी गरेको छ।
मकवानपुर । हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत एक डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । बिरामीको उपचार प्रक्रिया र भर्नाका विषयमा विवाद हुँदा अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि हातपात भएको हो ।
बुधबार साँझ ७ बजेको समयमा हेटौंडा–११ निवासी अजित विडारीले डा. शाहलाई हातपात गरेका हुन् । दुर्घटना भएर उपचारका लागि ल्याएका बिरामी रिफर गर्ने विषयमा विवाद भएको बताइएको छ । विवादका बिच विडारीले डा. शाहलाई धकेल्नुको साथै मुक्का प्रहार गरेको अस्पतालका डारेक्टर डा. आकेश प्रजापतिले जानकारी दिए ।
उनका अनुसार घटनापछि अन्य बिरामीका आफन्त र अस्पतालका कर्मचारीहरूले विडारीलाई रोकेका थिए । अस्पतालमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनले कानुनी प्रक्रियाका लागि डा. शाहलाई सोध्दा उनले केही नगर्न भनेका थिए । सो पश्चात विडारी अस्पतालबाट निस्केका थिए ।
लडेर कुहिनोमा सामान्य चोट लागेकी सुरक्षा कँडेललाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनलाई राजु विडारीले अस्पताल ल्याएका थिए । अस्पतालको इमर्जेन्सीमा ड्युटीमा रहेका डा. सचिन दासले अर्थोपेडिक सर्जनले हेर्नुपर्ने भन्दै डा. शाहलाई बोलाएको प्रहरी हवल्दार लोप्चनले बताए ।
बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको केही मिनेटमै स्वास्थ्य बीमामार्फत उपचार गराउने विषयमा बिरामी पक्ष र चिकित्सकबिच विवाद भएको उनको भनाइ छ । डा. शाहले बिरामीको घाउ सफा गरेर टाँका लगाउनुअघि एक दिन अब्जरभेसनका लागि अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिएको र उक्त विषयमा आफन्तहरूले विवाद गरेको लोप्चनले बताए ।
बिरामीका आफन्तले भर्ना हुन अस्वीकार गर्दै बिरामीलाई अन्यत्र लैजाने बताएको र बिरामी रिफर गर्न दबाब दिएको लोप्चनको भनाइ छ । सोही क्रममा अस्पताल पुगेका बिरामीका आफन्त अजित बिडारीले अर्थोपेडिक डा. शाहमाथि हातपात गरेको लोप्चनले बताए ।
डा. शाहलाई खासै चोटपटक नलागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाबारे कुनै उजुरी नआए पनि आफूले सो विषयमा अनुसन्धान गरिरहेको र हातपात गर्ने व्यक्तिको पहिचान गरी खोजीकार्य भइरहेको उनले बताए ।
चिकित्सक संघ मकवानपुरले घटनाका सम्बन्धमा छलफल अघि बढाएको छ । संघका सचिव डा. राजु सेंढाइका अनुसार घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी हाल्ने तयारी भएको छ । बिहीबार बिहान अस्पताल प्रशासन र पीडित डा. शाहसँग भएको छलफलले प्रहरीमा लिखित उजुरी दिने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण