गृहमन्त्रीलाई सुदनको प्रश्न– काम गर्न नसके पद छोड्ने वाचा बिर्सनुभयो ?
सारांश
- जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्रीको कामप्रति असन्तुष्टि जनाएका छन्।
- उनले सरकारले भ्रष्टाचारी र हत्यारालाई कारबाही नगरेको आरोप लगाएका छन्।
- उनले नेपाली जनताका माग सम्बोधन नभए चुनाव हुन नदिने चेतावनी दिएका छन्।
काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको उनको आरोप छ ।
सामाजिक सञ्जालमा गुरुङले भनेका छन्– 'देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।'
वर्तमान सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत कुनै पनि भ्रष्ट र हत्यारालाई कारबाही नभएको उनको आरोप छ । उनले थप भनेका छन्– 'अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् । एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईँबाट आशा मरिसकेको छ।'
८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन नगरिएको पनि उनको जिकिर छ । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने चुनाव हुन नदिने उनको चेतावनी छ ।
उनले भनेका छन्– 'अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण