एमालेका पूर्वकेन्द्रीय सदस्य शाही नेकपामा समाहित
बिहीबार, २० कात्तिक २०८२, १३ : ३६
सारांश
- नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य उब्जनबहादुर शाही नेकपामा प्रवेश गरेका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले शाहीलाई पार्टीमा स्वागत गरे।
- एमालेका केन्द्रीय सल्लाहकार यदुबंश झा पनि नेकपामा प्रवेश गर्ने भएका छन्।
काठमाडौँ । नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
बिहीबार नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् ।
त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबंश झा पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन तयार भएको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण