आगलागी पीडितलाई प्रदेश सरकारले ८ लाख सहयोग गर्ने
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगरमा आगलागी पीडितलाई ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
- दार्चुलाको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरूको पुननिर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई सिफारिस गरिनेछ।
- वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न कञ्चनपुरका विभिन्न पालिकामा सुरक्षा उपकरण वितरण गरिनेछ।
कैलाली । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारमा शनिबार राति भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आगलागी पीडितका लागि तत्काल साँफेबगरमा नगरपालिकालाई ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए।
शनिबार राति साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरूप तत्कालका लागि ८ लाख रुपैयाँ पालिकामार्फत् उपलब्ध गराउने निर्णय गरिएको हो ।
सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्ने छ ।
यस्तै बैठकले २०८२ साल भाद्र महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुननिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको मुख्य मन्त्री शाहले जानकारी दिए।
यस्तै कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण हुने मानवीय क्षति, मानव बस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथाम उपायहरू अवलम्बन गर्न र टर्चलाइट र लगायतका सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण