बिहार निर्वाचनः नेपाल–भारत सीमास्थित धनुषाको जटही नाका बन्द
जनकपुरधाम । भारतको बिहार राज्यमा भइरहेको पहिलो चरणको विधानसभा निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमामा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ ।
बिहार विधानसभाको पहिलो चरणको निर्वाचनलाई दृष्टिगत गर्दै बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि जटही नाका बन्द गरिएको हो ।
निर्वाचन अवधिभर सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले सीमा बन्द गरिएको भारतीय प्रशासनले जनाएको छ । यस क्रममा नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथ गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार निर्वाचन अवधिमा अवाञ्छित गतिविधि हुन नदिन चेकजाँच र निगरानी बढाइएको छ । उनले भने, ‘शंका लागेका व्यक्तिहरूमाथि सोधपुछ भइरहेको छ र सीमा क्षेत्रमा सघन अनुगमन जारी छ ।’
नाका बन्द रहँदा दुवै तर्फका सवारीसाधन र यात्रुहरूको आवागमन पूर्ण रूपमा रोकिएको जनाइएको छ ।
भारतको बिहारमा पहिलो चरणअन्तर्गत आज १२१ विधानसभा सिटमा मतदान भइरहेको छ भने दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ मा १२२ सिटका लागि हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण