निखिल उप्रेती जनकपुर बोल्ट्सको सद्भावना दूत नियुक्त
बिहीबार, २० कात्तिक २०८२, १४ : ५८
सारांश
- जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग सिजन-२ का लागि अभिनेता निखिल उप्रेतीलाई सद्भावना दूत नियुक्त गरेको छ।
- टिमले निखिल उप्रेतीको टिममा आगमनसँगै थप उत्साह र उर्जा थपिएको बताएको छ।
- अभिनेता उप्रेतीको ऊर्जा, क्रिकेटप्रतिको लगाव र मधेसप्रतिको प्रेमले टिमको भावनालाई मूर्त रूप दिएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ का लागि एक्सन अभिनेता निखिल उप्रेतीलाई जनकपुर बोल्ट्स टिमले सद्भावना दूत नियुक्त गरेको छ।
‘एक्सन, एडभेन्चर र च्याम्पियन’को भावना बोकेको जनकपुर बोल्ट्सले निखिल उप्रेतीको आगमनसँगै टिममा थप उत्साह र उर्जा थपिएको बताएको छ।
‘सिल्भर स्क्रिनको थन्डरबाट जनकपुर बोल्ट्सको गर्जनसम्म, एक्सन लिजेन्ड आफैं हाम्रो आँधीमा सामेल हुनुभएको छ,’ टिमले एक विज्ञप्ति जारी गर्दै भनेको छ।
अभिनेता उप्रेतीको अदम्य ऊर्जा, क्रिकेटप्रतिको लगाव र मधेसप्रतिको प्रेमले जनकपुर बोल्ट्सको शक्ति र भावनालाई पूर्ण रूपमा मूर्त रूप दिएको टिमले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण