न्यायालयमाथि विप्लवको आरोप : ठग्न बसेका भूतप्रेतहरू पैसा लिएर फैसला गर्छन्
बिहीबार, २० कात्तिक २०८२, १६ : २१
सारांश
- विप्लवले पैसा नदिएसम्म न्यायालयबाट न्याय नपाइने आरोप लगाए।
- उनले न्यायालयमा बसेका व्यक्तिहरूलाई जनता ठग्ने आरोप लगाए र पुनर्संरचनाको माग गरे।
- विप्लवले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा पुनर्संरचनाको आवश्यकता औंल्याए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पैसा नदिएसम्म न्यायालयबाट न्याय नपाउने आरोप लगाएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले न्यायालयमाथि आरोप लगाएका हुन् ।
‘न्यायालयमा बसेका भूतप्रेतहरू जनता ठग्न बसेका चण्ड भूतप्रेतहरू पैसा लिएर फैसला गर्छन् भने त्यो न्यायालयलाई भत्काएर पुनर्संरचना गर्न जरुरी छ । आउँदै गरेका युवाहरूको पक्षमा निष्पक्ष फैसला गर्ने न्यायालय बन्नुपर्ने आवश्यक छ’, उनले भने ‘त्यसैगरी सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा पुनर्संरचना गर्न जरुरी छ । त्यो मात्र नभई राज्यमा जनजातिलाई अग्राधिकार सहित समाजवादी सङ्घीयतामा पुनर्संरचना गर्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण