हिम पहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
बिहीबार, २० कात्तिक २०८२, १७ : १४
सारांश
- नेपाली कांग्रेसले हिम पहिरोमा परेका पर्यटकको उद्धारको माग गरेको छ।
- कांग्रेसले हिम पहिरोमा निधन भएकाहरूप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
- घाइतेको स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई राहतको प्रबन्ध गर्न सरकारलाई अनुरोध गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले हिम पहिरोमा परेका स्वदेशी तथा विदेशी पर्यटकको चाँडो उद्धार गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले आज एक विज्ञप्ति जारी गरी हिम पहिरोमा परि उद्धारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकको यथाशीघ्र उद्धार गर्न र बेपत्ता भएकाको तत्काल खोजी गर्न माग गरेका हुन् ।
कांग्रेसले प्रतिकुल मौसमका कारण हालै नेपालका विभिन्न हिमालमा गएको हिम पहिरोमा परी निधन हुनुभएका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
साथै, घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रबन्ध गर्न कांग्रेसले सरकारलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण