हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न ‘असफल’ भएका छौँ : महासचिव गुटेर्रेस
सारांश
- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले ब्राजिलमा विश्व नेताहरूसँगको छलफलमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने वाचामा असफल भएको बताए।
- गुटेर्रेसले कोप-३० जलवायु वार्ता अघि भएको शिखर सम्मेलनमा पेरिस सम्झौताको लक्ष्य पूरा गर्न असफल भएको बताए, जसले तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा कम राख्ने लक्ष्य राखेको थियो।
- उनले जीवाश्म इन्धन बन्द गर्ने जस्ता द्रुत कार्यहरूद्वारा क्षति कम गर्न सकिने बताए, तर यसका लागि सबैको तत्परता आवश्यक रहेको उल्लेख गरे।
ब्राजिल । विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् ।
उनले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा भने, ‘हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ । यो विश्वका सवै राष्ट्रको लागि ठूलो लागत र विनाशको कारक बन्नेछ।’
कोप–३० जलवायु वार्ता अघि बेलेममा भएको नेताहरूको शिखर सम्मेलनमा गुटेर्रेसले भने, ‘दशकौँको ढिलाइ र अस्वीकारको अर्थ पेरिस सम्झौताको सबैभन्दा महत्वाकाङ्क्षी लक्ष्य, पूर्व–औद्योगिक युगदेखि तापक्रम १.५ डिग्रीभन्दा कम वृद्धिमा राख्ने अवस्था सुनिश्चित गर्न हामी असफल भएका छौँ।’
‘यो नैतिक असफलता हो र घातक लापरवाही हो,’ उनले भने। उनले थपे, ‘विश्वले जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा बन्द गर्नेजस्ता द्रुत कार्यहरूद्वारा अझै पनि क्षतिलाई कम गर्न सक्छ तर यसका लागि सबैको तत्परता आवश्यक छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण