शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सर्वोच्च अदालत

मङ्सिर १ देखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

बिहीबार, २० कात्तिक २०८२, २३ : १५
बिहीबार, २० कात्तिक २०८२

सारांश

  • सर्वोच्च अदालतले मङ्सिर १ गतेदेखि सबै प्रकारका सेवा सुचारु गर्ने निर्णय गरेको छ।
  • भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण सेवा अवरुद्ध भएको थियो।
  • अदालतले रिट निवेदन, मुद्दा, पुनरावेदन लगायतका नियमित मुद्दाको सुनुवाइ गर्नेछ।

काठमाडौँ। सर्वोच्च अदालतले आउँदो मङ्सिर १ गतेदेखि सबै प्रकारका सेवा सुचारु गर्ने जनाएको छ। बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले अवरुद्ध सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

गत भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण सर्वोच्चले सीमित सेवा मात्रै दिँदै आएको थियो । आन्दोलनका कारण भौतिक संरचना ध्वस्त हुनुका साथै सूचना प्रणालीमा क्षति पुग्दा पेशीको सूचना पनि दिन सक्ने अवस्था थिएन । केही समयअघि मात्रै सूचना प्रणाली सुचारु भएपछि अदालतले सेवाहरू थप गर्दै लगेको हो ।

अदालतले अब सबै प्रकारका रिट निवेदनहरू, सुरु मुद्दा, पुनरावेदन पत्र, दोह्रायाई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदन लगायत नियमित रूपमा हेरिने सबै मुद्दामा सुनुवाइ गर्ने जनाएको छ ।

court notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप