प्रहरी निरीक्षक अनु लामालाई गृहले माग्यो स्पष्टीकरण
सारांश
- गृह मन्त्रालयले प्रहरी निरीक्षक अनु लामालाई स्पष्टीकरण सोधेको छ, जो लामो समयदेखि कार्यालयमा अनुपस्थित छिन्।
- लामा गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित नभएको र उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।
- मन्त्रालयले स्पष्टीकरण नआए सरकारी सेवाबाट हटाउने चेतावनी दिएको छ।
काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन लामालाई निर्देशन दिएको हो।
उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।
२० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
मन्त्रालयले आज सूचना प्रकाशित गर्दै ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन नआएमा भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने चेतावनी समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण