ज्योति मगरको कटाक्ष : नेपालीले सिटामोल पाएको छैन, हिरोइनलाई भ्यानेटी भ्यान
सारांश
- गायिका ज्योति मगरले अभिनेत्री नीति शाहको भ्यानेटी भ्यानको मागको विषयमा व्यंग्य गरेकी छिन्।
- उनले नेपाली जनता शिक्षा, स्वास्थ्य र गाँसबासका लागि संघर्ष गरिरहेको बेला भ्यानेटी भ्यानको मागप्रति असन्तुष्टि जनाइन्।
- उनले सामाजिक सञ्जालमार्फत सरकार र मन्त्रीहरूलाई व्यंग्यात्मक शैलीमा प्रश्न गरेकी छिन्।
काठमाडौँ । गायिका ज्योति मगर समसामयिक विषयमा तिखो व्यङ्ग्य गर्न माहिर छिन् । उनी आफ्नो क्षेत्रका होस् वा राजनीतिक क्षेत्रका, आफूलाई चित्त नबुझेका कुरा सिधै सामाजिक सञ्जालमा राख्दै पनि आएकी छन् ।
यस्तैमा पछिल्लो समय अभिनेत्री नीति शाहले एक कार्यक्रममा मन्त्रीसँग भ्यानेटी भ्यान माग गरेको विषयमा पनि उनले तीखो टिप्पणी गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आम नेपालीले सिटामोल खानु पाको छैनन्, आम नेपालीका बालबच्चाले दक्ष शिक्षा पाएको छैनन्, हाम्रा हिरोइनहरू सुसु गर्न सजिलो हुने भ्यानेटी भ्यान चाहिएको छ । सरी माफ माफ पाऊँ है सरकार र मन्त्रीहरुसंग माग पनि आ– आफ्नो लेबलको हुनी के । हामीलाई शिक्षा स्वास्थ्य र गाँसबास, कपास आवश्यकता छ । सेलेब्रेटीहरुलाई वाइफाइ, सोसल मिडिया र भ्यानेटी भ्यानको आवश्यकता छ । लौन संचारमन्त्री ज्यु हिरोइन बुइनीहरुको माग पूरा गरिदिनुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण