चितवनमा धान उत्पादनमा वृद्धि
सारांश
- चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ, गत वर्षको तुलनामा २१ हजार ४८० मेट्रिक टन बढी उत्पादन भयो।
- यस वर्ष २७ हजार ३२४.९ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो र उत्पादकत्व प्रतिहेक्टर ४.९६७ मेट्रिक टन रह्यो।
- बेमौसमी वर्षाले ३० हेक्टर धानमा क्षति पुर्यायो, जसबाट १४९.०१ मेट्रिक टन धानमा नोक्सानी भयो।
चितवन । जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिक टन’ बढी धान उत्पादन भएको हो ।
कृषि विकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए ।
एक लाख ३५ हजार ७२५ दशमलव ०६ मेट्रिक टन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १४९ दशमलव ०१ मेट्रिक टन धानमा क्षति भएको उनले बताए ।
गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धानहरू लगाइएको थियो । समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण