सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
सारांश
- अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरे।
- उनले राष्ट्रिय सभा सञ्चालनका कानूनी जटिलता हटाउन र पूर्वाधार निर्माणमा जोड दिन आग्रह गरे।
- दाहालले निर्वाचनमा सबै पक्षको सहज सहभागिताका लागि वातावरण बनाउन सरकारलाई अनुरोध गरे।
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले सो शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन् ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाई नगर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि सरकारले गम्भिरतापूर्वक लिनुपर्ने जरुरी रहेको बताए ।
अध्यक्ष दाहालले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले, व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक कदम चाल्नको निम्ति हामी सरकारलाई आग्रह पनि गर्दछौं । त्यसलाई व्यवस्थित गरेर लैजान र शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढंगले सहभागिताका निम्ति त्यो वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु । साथै राष्ट्रिय सभा सञ्चालनको निम्ति हामीलाई केही कानूनी जटिलता जस्तो पनि देखिएको छ ।
केही अस्पष्टताहरु पनि छन । ती असहजता र अस्पष्टताहरुलाई पनि सरकारले गम्भिरताका साथ लिनेछ भन्ने नै मलाई लागेको छ । र त्यो दिशातर्फ सरकार अगाडि बढोस् पनि म भन्न चाहन्छु । राष्ट्रिय सभा बैठक सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काममा जोड दिन पनि सरकारलाई अनुरोध गर्न चाहन्छु ।’
अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारलाई महत्वपूर्ण सहयोग गर्ने भएकाले त्यसको बैठक सञ्चालन गर्ने काममा सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण