सडक मापदण्डभित्रका घरटहरा हटाउन रुरुक्षेत्र गाउँपालिकाको आग्रह
सारांश
- रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज बनाउन संरचना हटाउन अनुरोध गरेको छ।
- मदन भण्डारी राजमार्ग योजना कार्यालयले पत्र पठाएपछि गाउँपालिकाले सूचना जारी गरेको हो।
- फागुन महिनासम्म रिडीदेखि रुन्खादहसम्म २५ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने लक्ष्य छ।
गुल्मी । यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पुर्याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो ।
सोही पत्राचारलाई आधार मान्दै रुरुक्षेत्र गाउँपालिका–१ को रिडीबजार, वडा नं ३ को पानीट्यांकी क्षेत्र तथा वडा नं ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घरटहरालगायतका संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
निर्माणमा ढिलाइ हुँदा क्षतिपूर्ति उपलब्ध गराउने काममासमेत ढिलाइ हुनसक्ने जनाउँदै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभी काठमाडौँमार्फत रु एक अर्ब ५० करोडको लागतमा सडक स्तरोन्नति गरिरहेको छ ।
रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडकखण्डमा आउँदो फागुन महिनासम्म कालोपत्र सम्पन्न गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण