शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक : राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

शुक्रबार, २१ कात्तिक २०८२, १५ : ०१
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • रास्वपाले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ वैकल्पिक शक्तिहरूसँग एकता गर्ने घोषणा गरेको छ।
  • चितवनमा बसेको बैठकमा कार्यवाहक सभापतिले चुनावमा केन्द्रित हुने प्रतिवेदन प्रस्तुत गरे।
  • प्रतिवेदनले समान विचार भएका दलहरूसँग एकीकरण, मोर्चाबन्दी र सहकार्य गर्ने रणनीति लिएको छ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यलाई ‘अर्जुनदृष्टि’ बनाउँदै वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गर्ने घोषणा गरेको छ।

चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डी.पी. अर्यालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको तत्कालीन सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुने उल्लेख छ। 

प्रतिवेदनले पुराना दलहरूको विकल्पमा एक सशक्त शक्ति निर्माण गर्न समान विचार भएका दल, समूह र व्यक्तिहरूसँग एकीकरण गर्ने, सम्भव नभए मोर्चाबन्दी गर्ने र त्यो पनि नभए मुद्दामा आधारित सहकार्य गर्ने रणनीति अघि सारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप