अहिलेको परिवर्तन ‘शोकल्ड’ प्रतिगामी क्रियाकलाप हो : अध्यक्ष ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रतिगमनको मतियार नहुने बताएका छन्।
- ओलीले जेनजी आन्दोलनपछिको परिवर्तनलाई प्रतिगामी क्रियाकलापको संज्ञा दिए र यसमा एमालेको संलग्नता नरहेको दाबी गरे।
- उनले संविधान मिच्ने र प्रतिनिधि सभा विघटन गर्ने कार्य लोकतन्त्र विरोधी भएको बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रतिगमनको मतियार नहुने बताएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको परिवर्तनलाई प्रतिगामी क्रियाकलापको संज्ञा दिए ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आफू केयर टेकेर प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिलाई संविधानको रक्षक र पालक भएकाले संविधान भित्रैबाट निकास खोज्न सिफारिस गरे पनि त्यसविपरित संसद् बाहिरबाट प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरिएको भन्दै त्यो प्रतिगामी कदम भएको बताए । साथै उनले यस कदममा एमाले संलग्न नभएको समेत दाबी गरे ।
‘हामी कहीँ कतै प्रतिगमनका पूर्ण वा आंशिक मात्रामा मतियार भएका छैनौ र हुँदैनौ’, ओलीले भने– ‘नेकपा एमाले लोकतन्त्र, लोकतान्त्रिक प्रणाली र लोकतान्त्रिक प्रक्रियाको पक्षमा छ ।’
अध्यक्ष ओलीले जेनजी आन्दोलनपछिको परिवर्तनलाई शोकल्ड भन्दै प्रतिगामी क्रियाकलाप भएको दाबी गरे । उनले संविधान मिचिएको, पेलिएको र अर्थहीन बनाउने काम एमालेलाई स्वीकार्य नहुने बताए । सार्वभौम जनताका सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन गर्न कुनै दफाले नदिएको भन्दै उनले यो लोकतन्त्र विरोधी कदम भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण