जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्न माग
सारांश
- जेनजी आन्दोलनका अगुवाहरूले आन्दोलनकारीमाथि भइरहेको धरपकड बन्द गर्न सरकारसँग माग गरेका छन्।
- विकेश साहले शनिबार काठमाडौंको कोटेश्वरमा भेला गरी सातै प्रदेशमा इन्चार्ज तोक्ने र पुनर्संरचना गर्ने बताए।
- उनले वर्तमान सरकार निकास र विकासमा असफल भएको आरोप लगाउँदै सरकार विघटनको माग गरे।
काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले आन्दोलनकारीमाथि भइरहेको धरपकड बन्द गर्न सरकारसँग माग गरेका छन् । आन्दोलनका अग्रणी विकेश साहले योसहित विभिन्न एजेण्डाका साथ आफूहरुले शनिबार काठमाडौंको कोटेश्वरमा विशेष भेला गर्न लागेको जानकारी दिए ।
तितरबितर रहेका जेनजी समर्थकहरूलाई एकजुट गरी आन्दोलनलाई सफल बनाउने आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ । उनले भेलाले सातै प्रदेशमा इन्चार्ज तोक्ने र संगठनात्मक पुनर्संरचना गर्ने तयारी गरेको बताए ।
अन्तरिम संविधान जारी गरी जेनजी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताउँदै साहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार निकास र विकासमा असफल भएको आरोप लगाए । उनले सरकारले भ्रष्टाचार र लुटतन्त्रको अन्त्य गर्न असफल भएको भन्दै तत्काल सरकार विघटन गर्नुपर्ने माग गरे ।
साहका अनुसार जेनजी आन्दोलनकारीमाथि भइरहेको दमन, धरपकड र मुद्धा लगाउने कार्य गैरलोकतान्त्रिक र प्रतिशोधपूर्ण छ । उनले यस्तो गतिविधि तत्काल रोक्न आग्रह गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले त्यसको राजनीतिक जिम्मेवारी लिएर तुरुन्त राजीनामा दिनुपर्ने बताए ।
भेलामा देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने र आन्दोलनलाई थप सशक्त बनाउने योजनाबारे पनि छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण