पार्टी एकता र सहकार्यका लागि तीन विकल्पमा विचार गर्दै जसपा
सारांश
- जनता समाजवादी पार्टीले अन्य पार्टीसँग एकता र सहकार्यका लागि तीन विकल्प अघि सारेको छ।
- पार्टीले थ्रेसहोल्ड कटाउन नसके साना पार्टीसँग एकता गर्ने, नेकपा माओवादी केन्द्र वा एमाले-कांग्रेससँग तालमेल गर्ने प्रस्ताव गरेको छ।
- कार्यकारिणी समितिले यी विकल्पमा छलफल गरी उपयुक्त निर्णय लिने जनाइएको छ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले अन्य पार्टीसँग एकता र सहकार्यका लागि तीन विकल्प अघि सारेको छ ।
कात्तिक १९ र २० गते बसेको केन्द्रीय समितिको बैठकमा तीन वटै प्रस्तावबारे छलफल भएको हो । ती विकल्प हुन्– पहिलो, थ्रेसहोल्ड नकट्ने अवस्था भएमा विचार र सिद्धान्त मिल्ने साना पार्टीसँग एकता गर्ने । दोस्रो, हालै प्रचण्डको नेतृत्वमा एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीसँग एकता वा तालमेल र तेस्रो, एमाले र कांग्रेससँग तालमेल ।
केन्द्रीय समितिको बैठकमा यी तीन वटै विकल्पमा छलफल भएको युवा नेता केन्द्रीय सदस्य दुर्गा सुवेदीले बताए । केन्द्रीय समितिले यी तीन वटै विकल्पलाई कार्यकारिणी समितिको बैठकमा पठाएको छ ।
छिटै बस्न लागेको कार्यकारिणी समितिको बैठकमा यी विकल्पमा छलफल हुने उनले बताए ।
६–७ वटा दलबाट एकताका लागि प्रस्ताव आए पनि कुन दलसँग एकता गर्ने, कुनसँग कार्यगत एकता गर्ने वा चुनावी तालमेल गर्ने भन्नेबारे कार्यकारिणी समितिको बैठकले टुङ्गो लगाउने जसपाका एक जना पदाधिकारीले बताए ।
उनले भने, ‘हामीले पहिचानवादी शक्तिसँग एकता र सहकार्य गर्ने खुला गरेपछि विभिन्न दलबाट प्रस्ताव आएका छन् । ती प्रस्तावको बारेमा हामी छलफल गर्दैछौँ ।’
लोसपा, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टीलगायतका दलबाट जसपालाई एकताका लागि प्रस्ताव आएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले एकताका लागि आधिकारिक पत्र नै पठाएको थियो ।
विभिन्न साना दलसँग एकता गरेर थ्रेसहोल्ड कट्ने अवस्था आयो भनेमात्र एकता गर्ने, नभए चुनावी तालमेल गरेर अगाडि बढ्ने रणनीतिबारे पार्टीले अध्ययन गरिरहेको बताइएको छ ।
साना दलसँग एकता नभएको अवस्थामा कांग्रेस–एमालेसँग चुनावी तालमेल गर्ने रणनीति जसपाको रहेको छ । ती नेताले भने, ‘कांग्रेस र एमालेसँग चुनावी तालमेलमात्र हुन्छ, एकता हुँदैन । किनभने यी दलसँग पहिचानको मुद्दा छैन । त्यही भएर आवश्यक ठाउँमा चुनावी तालमेलमात्र हुन्छ ।’
नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेल र एकताका लागि जसपाले विकल्प खुला राखेको छ । नेपाली कम्युनिस्ट पार्टीसँग पहिचानका पक्षमा धेरै हदसम्म कुरा मिलेको र अन्य मुद्दा तथा एजेण्डामा पनि समान विचार रहेका कारण यो पार्टीसँग एकताका लागि छलफल गर्ने, एकता नभए चुनावी तालमेलका लागि पहल गर्ने जसपाको तयारी छ ।
यी तीन वटै विकल्पको बारेमा कार्यकारिणी समितिको बैठकले टुङ्ग्याउने जसपाका नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण