एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस् : सचिव भट्टराई
शनिबार, २२ कात्तिक २०८२, १२ : ५६
सारांश
- एमाले सचिव योगेश भट्टराईले पार्टीलाई सभ्य, शिष्ट र सुसंस्कृत बनाउन चाहेको बताए।
- उनले एमालेलाई क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैलीको बनाउन जोड दिए।
- भट्टराईले मदन भण्डारीको मान्यताको आधारमा पार्टी पुनर्गठन गर्न र एकताका लागि अपिल गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् । क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्नेमा उनले जोड दिए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'हामी चाहन्छौ, हामी बनाउँछौँ– सबैको सम्मान र आत्माग़ौरव युक्त एमाले , सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले ।'
पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गरेको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजका चुनौतीको सामना गर्न एकताबद्ध हुन उनले अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण