विहार विधानसभा निर्वाचनका कारण पर्साको सीमा नाका बन्द
शनिबार, २२ कात्तिक २०८२, १४ : ३४
सारांश
- भारतको बिहारमा हुने निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्ला र भारतको सीमा नाका बन्द गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय पर्साले कात्तिक २२ देखि २५ गतेसम्म अत्यावश्यक बाहेक सबै आवतजावतमा रोक लगाएको छ।
- नेपाल(भारत सीमावर्ती जिल्ला समन्वय बैठकको निर्णय अनुसार, निर्वाचनको दिनसम्म नाका पूर्णरुपमा बन्द रहनेछ।
वीरगन्ज । छिमेकी देश भारतको बिहार राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्ला जोड्ने सीमा नाकाहरूमा आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै कात्तिकक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म अत्यावश्यक बाहेक सबै प्रकारका आवतजावतमा रोक लगाइएको जनाएको छ। नेपाल(भारत सीमावर्ती जिल्ला समन्वय बैठकमा असोज २९ गते भएको समझदारी अनुसार यो निर्णय गरिएको हो।
निर्वाचन हुने दिन कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमावर्ती सबै नाकाहरूमा आवागमन पूर्ण रुपमा बन्द रहने जिल्ला सुरक्षा समितिको निर्णय रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण