गुठीचौर गाउँपालिकाद्वारा एक वर्षमा ३३ लाख राजस्व सङ्कलन
सारांश
- गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख राजस्व सङ्कलन गरेको छ।
- वडागत रूपमा राजस्व सङ्कलन विवरण सार्वजनिक गरियो, जसमा वडा १ देखि ५ सम्मको योगदान उल्लेख छ।
- प्याराग्लाइडिङ महोत्सव, डोजर सञ्चालन, र एम्बुलेन्स सेवा जस्ता विभिन्न स्रोतबाट राजस्व सङ्कलन भएको छ।
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले दिएको जानकारी अनुसार, वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा–२ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट रु दुई लाख ५८ हजार ५३१ राजस्व सङ्कलन भएको छ।
यसबाहेक, गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ। गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व उठेको छ।
अन्य आय स्रोतहरूमा डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट रु ८१ हजार र पशु शाखाबाट रु सात लाख ८४ हजार राजस्व सङ्कलन भएको छ।
गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै रु नौ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण