बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ढाका प्याटर्नसहित लुम्बिनी लायन्सको नयाँ जर्सी बजारमा

शनिबार, २२ कात्तिक २०८२, १५ : ५९
शनिबार, २२ कात्तिक २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ जर्सी बिक्रीका लागि बजारमा ल्याएको छ। यो जर्सीमा नेपाली पहिचान झल्काउने ढाका ढाँचा (प्याटर्न) को प्रयोग गरिएको छ, जसले लुम्बिनीको परम्परा र गौरवको प्रतीकलाई प्रतिनिधित्व गर्छ।

नयाँ जर्सी अहिले दराज र अन्य छानिएका अनलाइन प्लेटफर्महरूमा उपलब्ध छ। लुम्बिनी प्रदेशका प्रशंसकहरूलाई सहज पहुँच दिन लुम्बिनी लायन्सले प्रदेशका सबै १२ जिल्लामा बिक्री केन्द्रहरू स्थापना गर्ने तयारी गरेको छ। काठमाडौँमा पनि अनलाइन बिक्रीसँगै आधिकारिक बिक्री केन्द्र स्थापनाको तयारी भइरहेको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले देशभर आधिकारिक साझेदार र वितरण केन्द्रहरू चयन गरी समर्थकहरूलाई ‘गौरवका साथ लुम्बिनी लायन्सको जर्सी पहिरिन सक्ने वातावरण’ तयार पार्ने बताए।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो सिजनका लागि तीव्र तयारी गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप