एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक
सारांश
- नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाललाई संयोजक चयन गरेको छ।
- शनिबारको भर्चुअल बैठकमा आगामी मंसिरमा राष्ट्रिय भेला गर्नेबारे छलफल भयो।
- माधवकुमार नेपाल माओवादी केन्द्रसँगको एकतामा लागे पनि भुसाल भने पुरानै पार्टी पुनर्गठनमा लागेका छन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए ।
६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले वर्तमान अवस्था र हाम्रो दायित्वको सन्दर्भमा बैठकलाई सम्बोधन गरेका थिए । उक्त बैठकले आगामी मङ्सिर महिनामा हुने राष्ट्रिय भेलाको तयारीका बारेमा व्यापक छलफल गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी भएपनि भुसाल लगायतका नेता सहभागी भएका थिएनन् ।
पार्टीको बहुमत पक्ष नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदा भुसाल पक्ष पुरानै पार्टी पुनर्गठन र रामकुमारी झाँक्री लगायतका केही नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण