मधेस प्रदेश : दलको ह्विपविरुद्ध गएका रहबर र मालाको आलोचना, सभामुखको भूमिकामाथि प्रश्न
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन नसकेपछि राजीनामा दिए।
- माओवादी केन्द्रका सांसदहरूले पार्टी ह्विप उल्लंघन गर्दै सोनललाई विश्वासको मत नदिएपछि संकट उत्पन्न भयो।
- सभामुखको भूमिकामाथि प्रश्न उठाइयो भने माओवादी केन्द्रभित्रको आन्तरिक कलहले सरकार ढलेको आरोप लाग्यो।
जनकपुरधाम । कात्तिक २२ गते शनिबार मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले मधेसको प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो । सोनलले विश्वासको मत पाउने वा नपाउनेमा पहिलेदेखि नै संशय थियो । कारण थियो– जनमत पार्टीका प्रदेश सभा सदस्यहरू सतिशकुमार सिंह र त्रिभुवन साह प्रदेश सभा बैठकमा विश्वासको मत नदिने अभिप्रायले अनुपस्थित थिए ।
तैपनि सत्ता गठबन्धनका सबै सांसदले मत दिँखा मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने अवस्था थियो । माओवादी केन्द्रका प्रदेश सभा सदस्यद्वय रहबर अन्सारी र माला कर्णले पार्टी ह्विप विपरीत जाँदै सोनललाई विश्वासको मत नदिने घोषणा सदनमै गरे । त्यसपछि सोनलका लागि संकट बढ्यो ।
सभामुख सोनलले सभामुख रामचन्द्र मण्डल समक्ष केही समयका लागि बैठक स्थगित गर्न माग गरे । सभामुख मण्डलले बैठक स्थगित पनि गरे । १० मिनेटका लागि स्थगित गरिएको बैठक एक घण्टापछि फेरि बस्यो । त्यसपछि बैठकमा परिदृश्य नै बदलियो । मुख्यमन्त्री सोनलले विश्वासको मतका लागि डाकिएको बैठकमा विश्वासको मत लिने परस्थिति अनुकूल नरहेको भन्दै राजीनामाको घोषणा गरे ।
मुख्यमन्त्री सोनलको विश्वासको मत पाउन बाधक बनेका माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरू रहबर अन्सारी र माला कर्णको आलोचना सुरु भएको छ । हुन त केहीले उनीहरूको कदमलाई समर्थन पनि गरिरहेका छन्, तर माओवादी केन्द्रका यी दुई प्रदेश सभा सदस्यको विद्रोहको मूल कारण सोनलको विश्वासको मत नभई माओवादी पार्टीभित्रको आन्तरिक किचलो हो ।
उनीहरूले प्रदेश संसदीय दलमा केन्द्रको नाङ्गो हस्तक्षेप हुँदै आएको भन्दै आक्रोश पोखे । पार्टी अध्यक्ष प्रचण्डको प्रत्यक्ष हस्तक्षेपका कारण मधेसमा वर्तमान संकट निम्तिएको उनीहरूको आरोप छ ।
सभामुखसँग समय मागेर रोष्टममा पुगेका रहबरले प्रदेश सभामा उपस्थित कुनै पनि सदस्यसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नै नरहेको बताए । जनताले कालोमोसो दल्नु अघि आफैँले आफ्नो अनुहारमा कालोमोसो दल्नु उचित भन्दै उनले आफ्नो अनुहारमा कालोमोसो दले । उनको अभिव्यक्तिलाई प्रदेश सभा सदस्य माला कर्णले पनि समर्थन जनाइन् ।
तर यी दुई प्रदेशसभा सदस्य आफ्नै पार्टीभित्र देखिएको आन्तरिक किचलोको रिस पोख्दा सोनल नेतृत्वको सरकार नै ढल्यो । उनीहरू भरत साहलाई माओवादी केन्द्रको संसदीय दलको नेता बनाइएकोमा आक्रोशित थिए ।
सभामुखको भूमिकामाथि प्रश्न
शनिबार मधेस प्रदेश सभामा देखिएको घटनाको जिम्मेवार सभामुख रहेको भन्दै कतिपयले आलोचना गरिरहेका छन् । प्रदेश सभामा विश्वासको मतका लागि मुख्यमन्त्री सोनलले प्रस्ताव पेस गरेपछि सबै दलका नेताहरूले आ–आफ्नो धारणा राखे ।
एमाले तथा कांग्रेसका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले विश्वासको मतको पक्षमै आफूलाई उभ्याएका थिए भने नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी अनुपस्थित थिइन् । माओवादी केन्द्रका नेता भरत साहले सोनल नेतृत्वको सरकारलाई समर्थन गर्ने घोषणा गरे ।
दलका नेताहरू बोल्ने क्रम समाप्त भएपछि मत विभाजनको तयारीतर्फ लागेका सभामुख समक्ष माओवादी केन्द्रका प्रदेश सभा सदस्य रहबर अन्सारीले आफू बोल्न ईच्छुक रहेको भन्दै समय मागे । सभामुखले रहबरलाई बोल्नका लागि रोष्टम प्रयोग गर्न दिए । यहीँबाट सभामुखको भूमिकामाथि प्रश्न उठाइएको हो ।
माओवादी केन्द्रका नेता भरत साहले सदनमै सभामुखलाई संसदीय मर्यादा विपरीत सदन सञ्चालन गरेको आरोप लगाए । उनले कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार बैठक सञ्चालन हुनुपर्नेमा रहबरलाई किन रोष्टम प्रयोग गर्न दिइएको भन्दै प्रश्न गरे ।
साहले भने, ‘तपाईं सभामुख रहेकाले तटस्थ बस्नुपर्ने हो तर दलीय हिसाबले सदन सञ्चालन गर्दै हुनुहुन्छ ।’
यता मुख्यमन्त्री सोनलले समेत सभामुख मण्डलको भूमिकामाथि प्रश्न उठाए । उनले सरकारको कोही प्रतिनिधि सदनमा उपस्थित नरहेको बेला सभामुखले एकलौटी ढंगले सदन सञ्चालन गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण