लागुऔषधसहित ललितपुरबाट ३ जना पक्राउ
आइतबार, २३ कात्तिक २०८२, १२ : ५१
सारांश
- ललितपुरको गोदावरीबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रामेछाप र गोदावरीका युवाहरू छन्, र उनीहरूको साथबाट लागुऔषध बरामद भयो।
- प्रहरीले उनीहरूको डेराबाट ट्रामाडोल र गाँजा बरामद गर्नुका साथै नगद पनि फेला पारेको छ।
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–२ स्थित मानेडाँडाबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भएका २७ वर्षीय रमेश राई, गोदावरी नगरपालिका–९ घर भएका २२ वर्षीय रोहित कार्की र २३ वर्षीय सौगात कार्की छन् ।
रमेश राईको डेराबाट ट्रामाडोल ४ हजार ५० पिस र गाँजा ४ सय ग्राम बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । प्रहरी प्रभाग गोदावरी र बाँडेगाउँबाट खटिएको टोलीले लागुऔषध किनबेच गर्न बोकेर हिँडेको २० हजार नगद पनि प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण