क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक, राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान राजनीतिक संकट समाधानका लागि 'राष्ट्रिय स्वाधीन संयुक्त सरकार' को माग गरेको छ।
- पार्टीले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप लगाउँदै देशलाई निकास दिन नसकेको दाबी गरेको छ।
- पार्टीले संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै भ्रष्टाचारी र दलालहरूको भण्डाफोर गर्ने र जनसभा गर्ने जनाएको छ।
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान राजनीतिक सङ्कट समाधान गर्न 'राष्ट्रिय स्वाधीन संयुक्त सरकार' को माग गर्दै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ। आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनमार्फत पार्टीले आजदेखि पुस ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको हो।
पार्टीका महासचिव सीपी गजुरेल ‘गौरव’ ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तानाशाहीताको कारण 'जेन जी विद्रोह' भएको बताएका छन्। उनले विद्रोहबाट बनेको वर्तमान सरकार पनि खासै फरक नभएको र देशले निकास नपाएको दाबी गरे।
गजुरेलले भने, ‘यत्रो ठूलो विद्रोहबाट बनेको सरकारबाट पनि देशले निकास पाउने नदेखिएकाले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई अकर्मण्यताबाट मुक्त गर्नुको विकल्प छैन।’
पार्टीका स्थायी समिति सदस्य हेमनत प्रकाश ओली ‘सुदर्शन’ ले वर्तमान दलाल पुँजीवादी व्यवस्था रहेसम्म राष्ट्रिय स्वाधीनता र समृद्धिको परिकल्पना सम्भव नभएको बताए। अर्का स्थायी समिति सदस्य हरिभक्त कँडेलले जेन जीको बलबाट बनेको सरकारले उनीहरूलाई छानीछानी कारबाही गर्नुको सट्टा भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्ने नभए आफूहरूले सडकबाट कारबाही गर्ने चेतावनी दिए।
पार्टीद्वारा सार्वजनिक संघर्षका मुख्य कार्यक्रमहरू:
कार्तिक २८ गते: गाउँ तथा नगरपालिका केन्द्रित जनसभा।
मंसिर १ गते: देशव्यापी पर्चा वितरण।
मंसिर ७ गते: महेन्द्रनगर, धनगढी, काठमाडौँ लगायत १६ वटा सहरमा जनसभा।
मंसिर महिनाभरि: भ्रष्टाचारी र दलालहरूको भण्डाफोर गर्ने।
पौष ११ गते: माओ दिवसका अवसरमा केन्द्रीय जनसभा गर्ने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण