नेप्से परिसूचक ३०.०२ अङ्कले गिरावट, कारोबार रकम पनि घट्यो
सारांश
- आइतबार नेप्से परिसूचक ३०.०२ अङ्कले घटेर २५६६.०९ विन्दुमा झरेको छ।
- कारोबारमा आएका ३२३ कम्पनीको शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भयो।
- दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले घटेर बन्द भएको छ।
आइतबार नेप्से परिसूचक ३०.०२ अङ्क घटेर २५६६.०९ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.९० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अङ्कले घटेको छ ।
आइतबार कारोबारमा आएका ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत आइतबार ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
नेप्से परिसूचकका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.९१ प्रतिशत घटेको छ। तर यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आइतबार नेप्से परिसूचक घटे पनि ती कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा दरमखोला हाइड्रो इनर्जी, माबिलुङ्ग इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर कम्पनीको २७ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम साढे २३ करोड रुपैयाँ नाघेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण