महराजगञ्जमा प्रहरीको हत्यामा संलग्न पेस्तोलसहित पक्राउ
सारांश
- भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा आगजनी, लुटपाट र प्रहरी हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- प्रहरीले सामाखुसी चोकबाट इन्द्र बहादुर राईलाई पक्राउ गरी उनको कोठाबाट हतियार फेला पारेको छ।
- पक्राउ परेका राईविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीको हत्या मा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँले खोजतलास गर्ने क्रममा भोजपुर दोभान गाउँपालिका-२ घर भई हाल काठमाडौँ महानगरपालिका, पवित्रनगर बस्ने इन्द्र बहादुर राईलाई शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएअनुसार, ३६ वर्षीय राईको कोठा खानतलासी गर्दा प्रहरीको टाइप ५४ पेस्तोल, उक्त म्यागेजिनमा ७ राउन्ड गोली र आन्दोलनको दिन लगाएको कपडा तथा जुत्तासमेत बरामद भएको छ।
पक्राउ परेका राई उपर प्रहरी वृत्त महाराजगञ्जबाट ज्यान सम्बन्धी कसुरमा मुद्दा चलेको समेत अभिलेखमा देखिएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण