आयो फिल्म ‘मुगलान’को टिजर, मजदुरी गर्न भारत पुग्नेको कथा
काठमाडौँ । रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ टिजर रिलिज सार्वजनिक भएको छ ।
३९ सेकेन्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्न मजदुरी गर्न भारत पुगेको कथा देखाउन खोजिएको छ । फिल्मको टिजरले नेपाली समाजको तितो यथार्थ भन्छ ।
‘मुगलान’ले युवाहरूको परदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्न खोजेको देखिन्छ । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको यो फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालको मुख्य भूमिका छ । फिल्ममा उनीहरूको अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।
आशीष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन् ।
यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरी छिन् । तारा थापा ‘किम्भे’को सम्पादन, जय विष्ट र राम गुरुङको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा बीजीएम (ब्याकग्राउन्ड म्युजिक) रिदम कँडेलको छ । फिल्ममा कोरियोग्राफर देवेन्द्र कुँवरको छ भने डीओपी अजय रेग्मीको छ । फिल्मको वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण