शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

आइतबार, २३ कात्तिक २०८२, १७ : ४८
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ ।

आ.व. २०८१/२०८२ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्ताहरूलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्व बैंकर अनिल केशरी शाहज्यूले प्रशिक्षण प्रदान गरेका थिए । 

प्रशिक्षणको क्रममा वहाँले कुनै पनि क्षेत्रमा सफल हुनका लागि कुनै पनि क्षेत्र वा पेशामा नेतृत्व लिन सक्ने हैसियत बनाएमा आफ्नो पेशामा सफल हुन सक्ने बताए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पर्न सक्ने नकारात्मक प्रभाव र सो रोकथामका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका बारेमा प्रशिक्षण प्रदान गरे । 

कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित हुनु भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरिन् । 

सो अवसरमा उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता प्रकट गरिन् । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरू उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्दै जाने योजना अनुरूप अभिकर्ताहरूलाई थप व्यावसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको बताए ।

उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएको सबै अभिकर्ताहरूलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित हुनु भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गर्नुका साथै सो समारोहमा नेपालभरबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरूलाई सम्मानित गरिएको थियो । 

नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगायत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

विविध मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न सो कार्यक्रममा सम्मानित बिजनेश लिडरहरूले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप