बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, २३ कात्तिक २०८२, २३ : २५
सारांश
- धादिङको गल्छीमा बोलेरो जिपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय यज्ञराज अधिकारीको उपचारको क्रममा मृत्यु भयो।
- प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ भने स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए।
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
-
मधेसका हाेटलहरूकाे अनुगमन
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण