आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

पक्राउ परेका आन्दोलनकारीको घरमा भेटियो अश्रुग्याँस सेल

सोमबार, २४ कात्तिक २०८२, ११ : १७
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • नयाँ बानेश्वरमा आगजनी र प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिराहाका सैफ सिद्धिकी छन्, जसलाई आइतबार पक्राउ गरिएको हो।
  • प्रहरीले सिद्धिकीको डेराबाट अश्रुग्याँस सेल र लुटेको ल्यापटप बरामद गरेको छ।

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्ला सिराहा नगरपालिका–४ घर भएर सुविधानगर बस्ने सैफ सिद्धिकी छन् ।

२२ वर्षीय सिद्धिकीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । काठमाडौँ– ३२ सुविधानगरस्थित आरोपी बस्ने डेराबाट प्रयोग नभएको अश्रुग्याँस सेल प्रहरीले बरामद गरेको छ । उनले बानेश्वर वृत्तबाट सो अश्रुग्याँस लुटेर लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

उनले लुटेको ल्यापटप पनि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले बरामद गरेको छ । आरोपीमाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप