काठमाडौँ र रुपन्देहीबाट जुवातास खेलिरहेका १५ जना पक्राउ
सारांश
- काठमाडौँ र रूपन्देहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
- काठमाडौँको खाजा घर र बुटवलको रेस्टुरेन्टमा छापा मारी प्रहरीले जुवाडेहरूलाई पक्राउ गरेको हो।
- प्रहरीले उनीहरूको साथबाट ३ लाख ३१ हजार २ सय रुपैयाँ नगद र तास बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँ र रूपन्देहीका दुई फरक स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौँडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले सञ्चालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तानसहित १३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ८० हजार ७ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।
यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका-९, कालिकानगरस्थित चौतारी रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा नवलपरासी पश्चिम सुनवल नगरपालिका-४ सुभमनगर बस्ने ५० वर्षीय शिवलाल सुबेदीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूबाट नगद १ लाख ५० हजार ५ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
यी दुई घटनामा प्रहरीले जम्मा १५ जनालाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट कुल ३ लाख ३१ हजार २ सय रुपैयाँ नगद बरामद भएको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण