पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग आयोगको छलफल
सोमबार, २४ कात्तिक २०८२, १३ : ०३
सारांश
- निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ।
- छलफलमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे रणनीतिबारे छलफल भयो।
- छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र पूर्वआयुक्तहरूको उपस्थिति थियो।
काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ । सोमबार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गरिएको हो ।
आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण