दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही
सारांश
- राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ।
- कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिहरूसँगको कारोबार नगरेको पाइएको छ।
- प्राइम कमर्सियल बैंकले कर्जा वर्गीकरण र जोखिम भार गणनामा गल्ती गरेको पाइएको छ।
काठमाडौं । दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक र प्राइम कमर्शियल बैंकलाई कारबाही गरिएको हो ।
कुमारी बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको जनाएको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकले केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको
अवधिको आधारमा वर्गीकरण नगरेको, सोही तथा केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेका र केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी पुँजीकोषसम्बन्धी फ्रेमवर्क बमोजिम जोखिम भार गणना गरेको नपाइएको भन्दै बैंकका सीईओलाई सचेत गराएको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले अनसाइट तथा अफसाइट अनुगमनका क्रममा देखिएको कैफियतका आधारमा बैंक तथा वित्तीय संस्थामाथि कारबाही गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण