अदालत
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा दोस्रो रिट दर्ता
भाेलिका लागि पेसी ताेकियाे
सोमबार, २४ कात्तिक २०८२, १८ : ०७
काठमाडौँ । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा दोस्रो पनि रिट दर्ता भएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम अर्जुन शाहले साेमबार सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । शाहले १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेस प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन माग गरेको हुन ।
त्यस्तै,अर्का रक्कीप्रसाद साह र सुजित यादवले पनि मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । यो सँगै मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा दुई वटा रिट दायर गरिएका छन् ।
दुई वटै रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाइएकाे छ । सो दुवै रिटको पेसी मंगलबार (कात्तिक २५) गतेका लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण