दिल्ली विस्फोट अपडेट : गृहमन्त्री अमित शाहले के भने ?
सारांश
- दिल्लीको लाल किल्ला नजिकै कार विस्फोट हुँदा गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरे।
- विस्फोटमा केही व्यक्ति घाइते भएका छन् र राहुल गान्धीले दुःख व्यक्त गरेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र वरपरका सिसिटिभी क्यामेरा जाँच गर्ने भएको छ।
नयाँ दिल्ली । दिल्लीको लाल किल्ला नजिकै सोमबार साँझ एउटा कार विस्फोट भएको घटनामा गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन्।
गृहमन्त्री अमित शाहले समाचार एजेन्सी एक विज्ञप्ति जारी गर्दै भने, ‘आज साँझ ७ बजेतिर, लाल किल्ला नजिकै सुभाष मार्ग ट्राफिक सिग्नलमा एउटा आई२० कार विस्फोट भयो। विस्फोटमा नजिकैका केही सवारी साधन र पैदल यात्रीहरू घाइते भएको र प्रारम्भिक रिपोर्टहरूले हताहत भएको सङ्केत गर्दछ।’
शाहले घटनाको जानकारी पाएको १० मिनेटभित्रै दिल्ली अपराध शाखा र दिल्ली विशेष शाखा ९प्रहरी० का टोलीहरू घटनास्थलमा पुगेको जानकारी दिए। उनले एनएसजी, एनआईए टोलीहरू र एफएसएलसँगसँगै अब गहन अनुसन्धान सुरु गरिसकेको बताएका छन्। वरपरका सबै सिसिटिभी क्यामेरा र अन्य उपकरणहरूको जाँच गर्न आदेश दिइएको पनि उनले बताए।
‘मैले दिल्ली प्रहरी आयुक्त र विशेष शाखाका इन्चार्जसँग कुरा गरेको छु, उनीहरू घटनास्थलमा उपस्थित छन्। हामी सबै सम्भावनाहरूको खोजी गरिरहेका छौँ र सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहन अनुसन्धान गरिनेछ,’ गृहमन्त्री शाहले भने।
राहुल गान्धीद्वारा दुःख व्यक्त
कांग्रेस सांसद तथा लोकसभामा विपक्षी नेता राहुल गान्धीले पनि यस कार विस्फोटप्रति प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको कार विस्फोटको खबर अत्यन्तै पीडादायी र चिन्ताजनक छ। यस दुखद दुर्घटनामा धेरै निर्दोष मानिसहरूको मृत्युको खबर अत्यन्तै दुःखद छ।’
उनले शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै घाइतेहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको आशा व्यक्त गरेका छन्।
सोमबार साँझ लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको यो विस्फोटपछि नजिकैका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएका छन्। दिल्ली प्रहरी आयुक्तका अनुसार विस्फोटमा केही व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने वा घाइते हुनेहरूको आधिकारिक तथ्याङ्क अहिलेसम्म सार्वजनिक गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण