कैलालीमा लागुऔषध दुर्व्यसनको अवस्था भयावह बन्दै
सारांश
- कैलालीमा लागुऔषध कारोबार र दुर्व्यसनको अवस्था भयावह बन्दै गएको छ, दैनिकजसो मानिसहरू पक्राउ परिरहेका छन्।
- प्रहरीका अनुसार, पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषधसँग सम्बन्धित मुद्दा, पक्राउ र बरामद लागुऔषधको मात्रा बढेको छ।
- खुला सीमाका कारण कैलाली र कञ्चनपुर लागुऔषध कारोबारको 'ट्रान्जिट' बन्दै गएको र यसलाई नियन्त्रण गर्न समुदायको सहयोग आवश्यक छ।
धनगढी । कैलालीमा लागुऔषध कारोबार तथा दुर्व्यसनको अवस्था भयावह बन्दै गएको छ । जिल्लामा दैनिकजसो लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ परिरहेका छन् ।
गत शनिबारमात्रै जिल्लाका विभिन्न स्थानबाट १८ वर्षीय एक युवकसहित आठ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । यो घटनाले जिल्लामा लागुऔषध दुर्व्यसनको अवस्था कति भयावह भइसकेको छ भन्ने प्रस्ट पार्दछ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषधसँग सम्बन्धित मुद्दा, पक्राउ पर्नेको संख्या र बरामद हुने लागुऔषधको परिमाण बढ्दै गएको देखाउँछ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ब्राउन सुगर, नाइट्राभेट र चरेशजस्ता लागुऔषधसम्बन्धी ३४७ मुद्दा दर्ता भएका थिए । सो अवधिमा ४७३ पुरुष र ४९ महिला गरी ५२२ जना पक्राउ परेका थिए । प्रहरीले सो वर्ष ७९२ ग्राम खैरो हेरोइन, ६७९ ट्याब्लेट नाइट्राभेट, ४८ किलो चरेश र १२०० क्याप्सुल नाइट्राजेपाम जस्ता विभिन्न प्रकारका लागुऔषध बरामद गरेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा यस सम्बन्धी ३१५ मुद्दा दर्ता भयो भने ४२० पुरुष र २७ महिला गरी कुल ४४७ जना पक्राउ परेका थिए । त्यस वर्ष ३१ किलो चरेश, ३१३ ग्राम ब्राउन सुगर, ८५ ट्याब्लेट नाइट्राभेट लगायतका लागुऔषध बरामद भयो ।
आर्थिक वर्ष २०८१/०८२ मा लागुऔषध सम्बन्धी मुद्दाको संख्या बढेर ४६९ पुग्यो भने पक्राउ पर्नेको संख्या ७०० (६६२ पुरुष र ३८ महिला) पुग्यो । यो वर्ष बरामद गरिएको लागुऔषधको परिमाण पनि अत्यधिक थियो । प्रहरीले करिब ७१८ ग्राम खैरो हेरोइन, ७३ किलोभन्दा बढी चरेश, झन्डै ४ किलो गाँजा र करिब २ किलो अफिम बरामद गर्यो । यसका साथै ७ हजार १५१ ट्याब्लेट प्रतिबन्धित औषधि पनि बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार छिटो पैसा कमाउने लोभले युवाहरूलाई यसको ओसारपसारमा आकर्षित गरेको छ । पछिल्लो समय महिला र किशोरीहरूको संलग्नता पनि बढ्दै जानु अर्काे चिन्ताको विषय बनेको छ । उनीहरूले गोप्य अङ्गमा लागुऔषध लुकाएर ल्याउने गरेको समेत पाइएको छ ।
चालु आर्थिक वर्षको कात्तिक १९ गतेसम्मको छोटो अवधिमै लागुऔषधसँग सम्बन्धित ७६ वटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो वर्ष हालसम्म १०१ पुरुष र १ महिला गरी १०२ जना पक्राउ परेका छन् । यो अवधिमा १५३ ग्राम हेरोइन र ७ केजीभन्दा बढी चरेश बरामद हुनुले समस्या घट्नुको साटो झनै जटिल बन्दै गएको सङ्केत गर्छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्ला लागुऔषध कारोबारको ‘ट्रान्जिट’ बन्दै गएको प्रहरी अधिकारी बताउँछन् । भारतसँग जोडिएको खुला सीमा नै यसको प्रमुख कारण रहेको उनीहरूको भनाइ छ । सीमा नाकाहरूमा दैनिकजसो हुने पक्राउका घटनाले भारतबाट नेपालतर्फ ठुलो परिमाणमा लागुऔषध भित्रिने गरेको पुष्टि गर्छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार छिटो पैसा कमाउने लोभले युवाहरूलाई यसको ओसारपसारमा आकर्षित गरेको छ । पछिल्लो समय महिला र किशोरीहरूको संलग्नता पनि बढ्दै जानु अर्काे चिन्ताको विषय बनेको छ । उनीहरूले गोप्य अङ्गमा लागुऔषध लुकाएर ल्याउने गरेको समेत पाइएको छ ।
‘अहिले पक्राउ परेको संख्या अत्यन्त न्यून हो,’ डीएसपी सिंहले भने, ‘हाम्रो अनुमानमा ओसारपसार र कारोबारमा संलग्नमध्ये करिब १० प्रतिशतमात्र पक्राउ पर्ने गरेका छन् । प्रहरीको सूचना बाहिर रहेका कारोबारीको संख्या निकै ठुलो छ ।’
शनिबार एकै दिनको घटनाले समस्याको गहिराइलाई उजागर गर्छ । धनगढी उपमहानगरपालिका–१३ बाट लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकीको संयुक्त टोलीले २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र एक किशोरलाई १ ग्राम ८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गर्यो ।
यस्तै, लम्की–चुहा नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय लम्कीको टोलीले २४ वर्षीय दिनेश बुढा र ललित राना क्षेत्रीलाई ४२० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गर्यो । सोही प्रहरी टोलीले जानकी गाउँपालिका–३ का २४ वर्षीय जगदीश साउदलाई पनि १३० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ ।
लागुऔषधका कारण कैलालीको सामाजिक संरचनामा गम्भीर असर परिरहेको छ । युवा पुस्ता दुर्व्यसनीको सिकार बनिरहेका छन् भने पारिवारिक कलह र सामाजिक अपराध बढ्दै गएको छ ।
त्यसैगरी, भजनी नगरपालिका–९ बाट इलाका प्रहरी कार्यालय भजनीले घोडाघोडी नगरपालिकाका २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरीलाई ५४० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ ।
खुला सीमा नाका व्यवस्थापन लागुऔषध नियन्त्रणमा सबैभन्दा ठुलो चुनौती भएको प्रहरीको भनाइ छ । प्रहरी एक्लैको प्रयासले मात्र यो समस्या समाधान हुन नसक्ने डीएसपी सिंह बताउँछन् । उनका अनुसार लागुऔषधजस्तो सामाजिक अपराध नियन्त्रणका लागि समुदायको सक्रिय सहयोग अपरिहार्य छ ।
लागुऔषधका कारण कैलालीको सामाजिक संरचनामा गम्भीर असर परिरहेको छ । युवा पुस्ता दुर्व्यसनीको सिकार बनिरहेका छन् भने पारिवारिक कलह र सामाजिक अपराध बढ्दै गएको छ । यदि समयमै राज्य, प्रहरी, नागरिक समाज र स्थानीय समुदायले एकीकृत प्रयास नगर्ने हो भने यसले भयावह भविष्य निम्त्याउने स्थानीय शिक्षक पदम जोशीले बताए ।
‘लागुऔषधको यो दुष्चक्र तोड्नका लागि कानुनको प्रभावकारी कार्यान्वयनका साथै जनचेतनामूलक कार्यक्रम र दुर्व्यसनीमा फसेकाहरूका लागि पुनर्स्थापना कार्यक्रमलाई पनि सँगसँगै लैजानु आवश्यक देखिन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण