धर्मेन्द्रको परिवारले भन्यो– खबर अफवाह हो, रक्षामन्त्रीले गरे ट्वीट डिलिट
सारांश
- भारतीय अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ, श्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
- धर्मेन्द्रको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो र परिवारका सदस्यहरूलाई मुम्बई बोलाइएको थियो।
- बलिउडका हस्तीहरू र उनको परिवारका सदस्यहरू अस्पताल पुगेका थिए, उनको अन्तिम चलचित्र डिसेम्बर २५ मा रिलिज हुनेछ।
नयाँ दिल्ली । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचार चलिरहेको छ । धर्मेन्द्रको स्वास्थ्यको बारेमा धेरै रिपोर्टहरू आएका छन् । उनको मृत्यु भइसकेको दाबीसहित भारतीय सञ्चार माध्यममा खबर फैलिरहेको समयमा अभिनेताकी छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यबारे बोलेकी छिन् ।
ईशाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा धर्मेन्द्रको स्वास्थ्यबारे लेखेकी छिन्, ‘मिडिया अति नै एक्टिभ भएको छ र गलत समाचार फैलाइरहेको छ । मेरो बुबाको स्वास्थ्य स्थिर छ, उहाँ निको भइरहनु भएको छ । तपाईँ सबैलाई अनुरोध गर्दछु कि हाम्रो परिवारलाई प्राइभेसी दिनुस् । बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद ।’
भारतीय रक्षामन्त्री राजनाथ सिंह र गीतिकार जावेद अख्तरले समेत धर्मेन्द्रको मृत्यु भएको भन्दै समवेदना व्यक्त गरेपछि एशाको यो पोस्ट आएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनी डाक्टरहरूको निगरानीमा रहेको परिवारको भनाइ छ । ईशाभन्दा अगाडि हेमा मालिनीले पनि आफ्नो इन्स्टाग्राम ह्यान्डलमा धर्मेन्द्रको स्वास्थ्यबारे जानकारी शेयर गरेकी थिइन् । हेमाले धर्मेन्द्र डाक्टरहरूको निगरानीमा रहेको अनि उनको अवस्था स्थिर रहेको बताएकी थिइन् ।
राजनाथले मेटे आफ्नो पोस्ट
यसैबीच रक्षामन्त्री सिंहले धर्मेन्द्रको मृत्यु भएको भन्दै समवेदना व्यक्त गरेको पोस्ट हटाएका छन् । उनले ट्वीटमार्फत भेट्रान अभिनेता र पूर्व सांसद धर्मेन्द्रको निधन भएको खबरले आफूले निकै दुखी बनेको भन्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।
नियमित चेकजाँचका लागि अक्टोबर यता अभिनेता बारम्बार अस्पतालमा भर्ना भएका थिए । धर्मेन्द्र अन्तिम पटक करण जोहरको फिल्म “रकी और रानी की प्रेम कहानी’मा देखिएका थिए । उनी छिटै श्रीराम राघवनको युद्ध नाटक “२१’ मा पनि देखिँदै छन् ।
यसअघि भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रातोपाटीले पनि धर्मेन्द्रको विषयमा समाचार प्रकाशित गरेको थियो । परिवारले यो विषय भ्रामक रहेको प्रस्टीकरण दिएसँगै सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण