पार्टी दर्ता गर्न जानुअघि सुमना र सुदनको टीमसँग छलफलमा कुलमान
सारांश
- कुलमान घिसिङको नेतृत्वमा 'उज्यालो नेपाल पार्टी' गठनको तयारी भइरहेको छ, जसका लागि उनी निर्वाचन आयोग जाने तयारीमा छन्।
- पार्टी गठनका लागि घिसिङले सुमना श्रेष्ठ र सुदन गुरुङसँग छलफल गरिरहेका छन्, तर यसअघि उनीहरूबीच सहमति हुन सकेको थिएन।
- पार्टीको नेतृत्व पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायले गर्ने र चुनाव चिह्न बिजुलीको चिम राख्ने प्रस्ताव गरिएको छ।
काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ गठन गर्ने अन्तिम तयारीमा छन् । जसका लागि उनको टिम मंगलबार निर्वाचन आयोग जाने भएको छ ।
आयोगमा जानुअघि कुलमानको टीमले रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधिसभा सांसद सुमना श्रेष्ठ र हामी नेपालका संस्थापक सुदन गुरूङसँग अन्तिम छलफलमा जुटेको छ । कुलमान निकट जितराम लामाले आयोग जानुअघि आज सुमना र हामी नेपालका संस्थापक सुदन गुरूङको टिमसँग छलफल भइरहेको जानकारी दिए ।
यसअघि सुमना र गुरुङलगायत एउटै पार्टी निर्माण गरेर अघि बढ्ने भनिएको थियो । तर, सहमति नभएपछि कुलमान र सुमनाले फरक फरक बाटो रोजेका थिए । सुमनाले पार्टीको नाम लगायतका विषयमा असहमति राखेको बताइएको छ ।
अहिले फेरि कुलमान, सुमना र सुदनको टिम एउटै पार्टी बनाएर जाने विषयमा अन्तिम छलफल भइरहेको भन्दै लामाले सहमति भएको खण्डमा एकीकृत ढंगले आयोगमा जाने बताए । उनले भने, ‘आइतवार र सोमवार निरन्तर भएको छलफलमा विभिन्न विषयमा असहमति हुँदा सुमना अलग हुनु भएको थियो । तर आज सहमतिको प्रयासस्वरुप पुनः छलफल सुरु भएको छ । छलफल सकिएसँगै केही ढिला गरी निर्वाचन आयोज जाने तयारी छ ।’
सरकारमा मन्त्री रहेकाले कुलमान तत्काललाई पार्टीमा सक्रिय हुने छैनन् । सोहीकारण पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गराउने तयारी छ ।
कुलमानको पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्न प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण