५४ प्रतिशतलाई समेटेर निर्वाचनअघि नीति महाधिवेशन गर्न कार्कीको प्रस्ताव
सारांश
- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले विशेष महाधिवेशनको माग गरेका छन्।
- उनले आगामी फागुन २१ गतेको निर्वाचनअघि नीति महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखे।
- पार्टी एक भएर अगाडि बढ्नुपर्ने र गम्भीर छलफलको खाँचो रहेको कार्कीको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिलाई समेटेर आगामी फागुन २१ गतेको निर्वाचनअघि नीति महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै केन्द्रीय सदस्य कार्कीले विकास, स्थायित्व, समृद्धि र संविधान रक्षाका लागि पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताए ।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बढाएर ६० पुर्याउने वा ३० मा झार्न ऊर्जा खर्च गरेर बरबाद गर्ने कि घोषित मितिमा आमनिर्वाचनमा गएर संविधान रक्षा र लोकतन्त्र रक्षाका लागि हामी अघि बढ्ने,’ कार्कीले बैठकमा प्रश्न गरे ।
उनले गम्भीरताका साथ छलफल गरी निर्णयमा नपुगे पार्टी दुर्घटनामा जान सक्ने चेतावनी दिए । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुझाव दिँदै भने, ‘५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ। चुनावअघि यसलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरौं।’
जनताको जीवनस्तर कसरी विकसित गर्न सकिन्छ भन्नेबारे कांग्रेसले नीति बनाउनुपर्ने कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण