कर्मचारी अभाव र साँघुरो कार्यालयको समस्यामा राष्ट्रिय सतर्कता केन्द्र
सारांश
- राष्ट्रिय सतर्कता केन्द्र कर्मचारी अभाव र साँघुरो कार्यालय भवनको समस्यामा परेको छ।
- केन्द्रमा करिब ३० प्रतिशत कर्मचारी रिक्त रहेको र प्राविधिक कर्मचारीको अभाव छ।
- प्रधानमन्त्री कार्यालयले कर्मचारी पदपूर्ति र बेग्लै कार्यालयको व्यवस्थापनबारे छलफल गरिरहेको छ।
काठमाडौँ । सार्वजनिक निकायको सेवा प्रवाहमा नियमन, अनुगमन र छड्के जाँच गर्ने जिम्मेवारी पाएको राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अभाव र साँघुरो कार्यालय भवनको समस्यामा परेको छ।
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गरिरहेको छ, भने दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा केन्द्रको कामकाज नै प्रभावित भएको छ।
केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण भट्टले हाल १४७ दरबन्दी रहेकामा करिब ३० प्रतिशत कर्मचारी रिक्त रहेको बताए। कामको प्रकृतिअनुसार अधिकांश कर्मचारी केन्द्रमा आउन नचाहने प्रवृत्ति देखिएको उनको भनाइ छ।
केन्द्रको २३औँ प्रतिवेदनअनुसार, प्रहरीतर्फ २४ दरबन्दीमध्ये १२ जना मात्रै र निजामतीतर्फ ९६ दरबन्दीमध्ये ७१ जना मात्र कार्यरत छन्। यसरी ३१ प्रतिशत कर्मचारी पदपूर्ति हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
प्रवक्ता भट्टले खासगरी प्राविधिक कर्मचारीको अभाव र टिकाउ दर निराशाजनक हुँदा केन्द्रको कार्य प्रभावकारितामा असर परेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले केन्द्रमा कर्मचारीको टिकाउ दर कम रहेको यथार्थका बीच कसरी दरबन्दीअनुसार पदपूर्ति गराउन सकिन्छ भन्नेमा आफूहरू गम्भीर रहेको जानकारी दिए। उनले केन्द्रलाई बेग्लै कार्यालय उपलब्ध गराउने विषयमा छलफल भइरहेको पनि बताए।
स्मरण रहोस्, गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' का क्रममा शिक्षा मन्त्रालयको भवनमा आगजनी र क्षति पुग्दा भुइँतलामा रहेको केन्द्रको कार्यालय र गाडीहरू ध्वस्त भएका थिए। शिक्षा मन्त्रालय सञ्चालनमा आएसँगै केन्द्र पनि क्रमशः काममा फर्किएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण