ग्रामी अवार्डमा ‘साउन्ड्स अफ कुम्भ’ले पायो मनोनयन
नयाँ दिल्ली । ‘साउन्ड्स अफ कुम्भ’ एल्बमलाई ६८औं ग्रामी अवार्डमा सर्वश्रेष्ठ विश्वव्यापी संगीत एल्बम श्रेणीमा मनोनित गरिएको छ । यो एल्बम महाकुम्भ महोत्सवबाट प्रेरित छ । गायक–संगीतकार सिद्धान्त भाटियाद्वारा प्रस्तुत गरिएको यो एल्बम भारतीय संगीतका लागि प्रमुख सफलता हो ।
एल्बममा १२ गीतहरू छन् । यसमा भारत र विदेशका लगभग ५० कलाकारहरूको काम समावेश छ । एल्बमले उत्तर प्रदेशको प्रयागराजमा आयोजित महाकुम्भको भावनालाई समेट्छ । महाकुम्भ यस वर्ष जनवरी र फेब्रुअरीको बिचमा ४५ दिनसम्म चलेको थियो । यसमा विश्वभरबाट ठुलो संख्यामा तीर्थयात्रीहरू आएका थिए ।
‘साउन्ड्स अफ कुम्भ’मा महाकुम्भका प्रत्यक्ष फिल्ड रेकर्डिङहरू छन् । यसमा प्राचीन मन्त्र र बाइनोरल बिटहरूलाई पनि समावेश गरिएको छ । यसमा सिद्धान्त भाटियाका साथै, जिम किमो वेस्ट, राघव मेहता, माडी दास, रोन कोर्ब, चारु सुरी र देवराज सन्याल लगायतले योगदान दिएका छन् । एल्बममा वी सेल्वागणेश, राजा कुमारी, आदित्य गढवी, कनिका कपूर, कला रामनाथ, भानुमती नरसिंहन, प्रवीण गोदखिंडी, अजय प्रसन्ना, र कल्याणी नायरको कामलाई पनि समावेश गरिएको छ ।
ग्रामीमा एलम्बले मनोनयन पाउनु महाकुम्भ मेलाको शान्ति र एकताको सन्देशले मान्यता पाउनु भएको सिद्धान्त भाटियाले भनेका छन् । यसलाई उनले भारतीय संगीतमा कोसेढुङ्गा साबित भएको बताएका छन् ।
६८औँ वार्षिक ग्रामी अवार्ड २०२६ को फेब्रुअरी १ मा लस एन्जलसको क्रिप्टोडटकम एरिनामा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण