सडक किनारको ह्युम पाइपभित्र पुरुषको शव फेला
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ दैजीस्थित पूर्व–पश्चिम राजमार्गको किनारमा रहेको ह्युम पाइपभित्र एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । सोमबार बिहान साढे १० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृतक अन्दाजी ३० देखि ३५ वर्षका पुरुष रहेका छन् । उनको पहिचान भने हुन सकेको छैन ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा पठाएको छ ।
शव सडेको अवस्थामा रहेकाले केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको प्रकृति हेर्दा हत्या वा अन्य केही कारणले मृत्यु भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै भन्न सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले मृतकको पहिचानका लागि वरपरका स्थानीयसँग सोधपुछ गर्नुका साथै हुलिया परिपत्र गरेर अनुसन्धानलाई अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण