कम्बोडिया र थाइल्याण्डबिच फेरि छेडिएला युद्ध ?
काठमाडौँ । कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाउँदै थाई सेनाले कम्बोडियासँगको शान्ति सम्झौता रोक्का गरेको छ ।
यी बारुदी सुरुङले आफ्ना धेरै सैनिकलाई गम्भीर रूपमा घाइते बनाएको उसको दाबी छ । सीमामा बारुदी सुरुङ बिछ्याउनुलाई उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति सम्झौताको उल्लङ्घन भनेको छ ।
जुलाईमा दुई देशबिच पाँच दिनसम्म सीमामा युद्ध भएको थियो यस क्रममा दर्जनौँ मानिस मारिएका थिए भने दुवै देशको सीमाबाट २ लाख भन्दा धेरै सर्वसाधारण विस्थापित भएका थिए ।
फोरेन्सिक अधिकारीहरूले सोमबार (नोभेम्बर १०)मा कान्थरालक जिल्लामा बारुदी सुरुङले भरिएको क्षेत्रको निरीक्षण गरेको थाई सेनाका प्रवक्ता मेजर जनरल विन्थाई सुवारीले एक विज्ञप्तिमा भनेका छन् ।
अनुसन्धानको क्रममा, अधिकारीहरूले विस्फोटको खाडल र अन्य तीन बारुदी सुरुङहरू फेला पारेको बताइएको छ ।
सीमामा गस्ती गर्ने क्रममा बारुदी सुरुङमा टेकेर चार सैनिक घाइते भएका र यीमध्ये एकले आफ्नो खुट्टा गुमाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘यस प्रकारको घटनाले युद्ध विराम कम गर्नेबारे कम्बोडियाले देखाएको दोहोरो रवैया उजागर गरेको छ । यसले शत्रुतालाई पनि प्रतिबिम्बित गर्दछ, जुन संयुक्त रूपमा सहमति भएको सम्झौताको उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ ।
कम्बोडियाले गर्यो आरोप अस्वीकार
कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार राति थाइल्याण्डको आरोप अस्वीकार गरेको छ । कम्बोडियाको गृहयुद्धको पुरानो बारुदी सुरुङको विस्फोटका कारण सोमबार थाई सैनिक घाइते भएको कम्बोडियाले भन्यो ।
यस्ता बारुदी सुरुङले नागरिकहरूलाई खतरामा पार्ने भन्दै सीमामा नयाँ बारुदी सुरुङ नबिछ्याएको कम्बोडियाले दाबी गरेको छ ।
शान्ति सम्झौता र जेनेभा महासन्धिका सर्तहरूको कडाइका साथ पालना गर्ने आफ्नो प्रतिबद्धता कम्बोडियाको रक्षा मन्त्रालयले दोहोर्याएको छ ।
विवादित सीमा क्षेत्रबाट भारी हतियार हटाउने र कम्बोडियाली युद्ध बन्दीहरूको रिहाइ सहित कम्बोडियासँग थाइल्याण्डले सबै गतिविधिहरू निलम्बन गरेकोमा मन्त्रालयले चिन्ता पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण